७९ कात्तिक १० काठमाडौ ।
कुनैबेला नेपालका फिल्म हलहरूमा टिकट पाउन मुस्किल हुन्थ्यो। फिल्म हेर्न हप्तौं दिन अगाडिनै टिकट लिने चलन थियो। मानिसहरू एक दिनको काम छोडेर फिल्म हेर्न फिल्म हल धाउथे। तर आजभोलि नेपालका कयौं फिल्म हलहरूको गेटमा लगाईएका ताल्चामा खिया लागेर मुलगेटमा झार पलाएको छ। यस्तो हुनुमा नेपालमा भित्र्याईएको टिकटक प्रमुख कारण रहेको छ । फिल्ममा हिरो-होरोईनले खेलेको अभिनय भन्दा राम्रो अभिनय गरेको भिडियो टिकटकमा भेटिन्छ। टिकट्क याप्स आफ्नो मोबाइल फोनमा सजिलै डाउनलोड गरेर बनाएको टिकटक भिडियो हेरेर मनोरञ्जन लिन मानिसहरूको आकर्षण बढेको  कारण फिल्म हलहरू बन्द हुनुमा टिकटक पनि एक हो भन्छन् फिल्म निर्माताहरू। फिल्महलमा फिल्म चल्दा नेपाल सरकारलाई कर आउथ्यो। टिकटकको कारण अप्रत्यक्ष रुपले अर्वौ नेपाली रकम बिदेश तिर बाहिरिएको हुन सक्ने एक फिल्म निर्माता बताउनुहुन्छ।