सत्ता गठबन्धनले रुपन्देहीको क्षेत्र नम्बर २ मा  जनमुक्ति पार्टीका उमेदवार लाई समर्थन ।
७९ कात्तिक ९ काठमाडौ ।
रुपन्देही जिल्ला क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले एकीकृत समाजवादीका राजु गुरुङलाई उमेदवार उठाएकोमा निर्वाचन अधिकृतको कार्यलयमा राजु गुरुङको नाम कालो सुचिमा रहेको उजुरी सूचनाको आधारमा निर्वाचन अधिकृतको कार्यलयले छानबिन गर्दै राजु गुरुङको उम्मेद्बारी खारेज गरेको थियो। राजु गुरुङको उम्मेद्बारी खारेज भएपछि सत्ता गठबन्धन के गर्ने र कसो गर्ने भनेर  अन्योलमा परेका थिए।

आज सत्ता गठबन्धनले एक संयुक्त प्रेस बिज्ञप्ती जारी गरेर रुपन्देही जिल्ला क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उमेदवार केसब बहादुर थापालाई समर्थन गरेको छ। जनमुक्ति पार्टीका केसब बहादुर थापालाई समर्थन गरेको प्रेस बिज्ञप्तीमा सेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, चित्र बहादुर के.सि ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन।