७९ कात्तिक ६ काठमाडौ; नेपालको सेयर बजार अन्तर्राष्ट्रिय मान्यतामा आधारित  कारोबार हो। कोभिड आतंक मत्थर भएपछि बिश्वको सेयर बजारमा सेयर कारोबार क्रमिक रुपले सुधार हुँदै गैईरहेको छ। तर नेपालको सेयर बजार निरन्तर ओरालो गतीमा छ। सेयर कारोबार देशको अर्थतन्त्र र राजनीतिमा आधारित हुने गर्दछ। अर्थतन्त्र र राजनीति राम्रो भएको बेला सेयर बजार बढ्ने र राजनीति र अर्थतन्त्र नकारात्मक भएको बेला सेयर बजार घट्ने गर्दछ। नेपालमा अर्थतन्त्र र राजनीति सकारात्मक अबस्थामा छ तर पनि नेपालको सेयर बजार नेप्से घटिरहेको छ। आज नेप्से १४.३५ अंकले बढेको छ । आज नेप्से १८५८.४९ विन्दुमा पुगेर  बन्द भएको छ । आज ५१करोड  माथिको सेयर कारोबार भएको छ । अब सेयर बजार नेप्से तिहारको बिदा सकिएपछि खुल्नेछ।