७९ कात्तिक ६ काठमाडौ; जिल्ला टाफिक कार्यलय काभ्रेपलान्चोकले आज कात्तिक ६ गते देखि बिपि राजमार्गमा चल्ने सवै सवारी साधन लाई टायम कार्ड लागू गरेको छ। सवारी साधनका चालकहरूले तिब्र गतीमा सवारी साधन चलाएकोले यात्रु र सवारीसाधनको सुरक्षाको लागि टायम कार्ड लागू गरेको जिल्ला ट्राफिक कार्यलय काभ्रेले जनाएको छ। काभ्रे भञ्ज्याङ् बाट भकुण्डेबेसी सम्म ३५ मिनेट भकुण्डेबेसी देखि मंगलटार सम्म ४० मिनेट समय तोकेको ट्राफिक कार्यलय बनेपा काभ्रेले जनाएको छ।