७९ कात्तिक ५ काठमाडौ ;  रुपन्देही जिल्ला क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनको तर्फबाट नेकपा समाजवादी(नेकपा एस) का राजु गुरुङको उमेदवारी निर्वाचन कार्यलयले खारेज गरिदिएको छ। कर्जा सूचना केन्द्रमा कालो सुचिमा रहेको भन्दै गुरुङको उमेदवारी खारेज गर्न  निर्वाचन अधिकृतको कार्यलयमा परेको उजुरी अनुसार निर्वाचन अधिकृतको कार्यलयले गुरुङको उमेदबारी खारेज गरिदिएको थियो। गुरुङले पुन उमेदबारी कायम गर्न दिएको निवेदन माथि छानबिन गर्दै सर्वोच्च अदालतले निर्वाचन अधिकृतको कार्यलयले गरेको निर्णय लाई नै सदर गरिदिएको छ।