७९ कात्तिक ४ काठमाडौ नेपाल कृषिप्रधान देश हो। नेपालका बाझो जग्गा जमिनमा आधुनिक कृषि पेशा, पसुपालन गरेर प्रसस्त आम्दानी गर्न सकिन्छ। तर आफ्नो जग्गा जमिन बाझै राखेर धेरै कमाउने सपना बोकेर लाखौं नेपाली युवायुवती  बिदेश जाने घटनाक्रम दिनप्रतिदिन बढदै छ।  नेपाल सरकारले समेतले नेपाली युवायुवतीहरूलाई वैदेशिक रोजगारीको  लागि बिदेश जान  प्रोत्साहनका कार्यक्रम ल्याएको छ- फ्री भिषा फ्री टिकट जस्ता कार्यक्रम । जसले गर्दा  नेपाली युवायुवती वैदेशिक रोजगारीको लागि झन प्रोत्साहित भएका छन तर बिदेश जानको लागि आबास्यक पर्ने राहादानी भने नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तगत राहादानी बिभागले भने समयमै राहादानी दिन सकिरहेको छैन। परराष्ट्रको राहादानी बिभागले राखेको अनलाइन वेबसाईटमा  फारम नै भर्न सकिन्न। भरेपनी महिनौ दिन सम्म लाग्ने गरेको छ।