७९ कात्तिक २ काठमाडौ ; आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा राजनीतिक दलहरूले धेरै तडक भडक तरिकाले चुनाव प्रचार प्रसार गरेको। निर्वाचन आचारसंहिता बिपरित कति राजनीतिक दलहरूका उमेदवार तथा राजनीतिक दलका उमेदवारको समर्थनमा सरकारी सवारी साधन प्रयोग गरेर घर दैलो अभियान भेटघाट कोणसभा आमसभा गरेको, २५ जना भन्दा धेरै संख्यामा प्रचार अभियान गरेको देखिएको भन्दै ७ बुदे आचारसंहिता पालना गर्न गराउन निर्वाचन आयोगले आज कात्तिक २ गते प्रेस बिग्यप्ती जारी गरेर आग्रह गरेको छ।