७९ कात्तिक २ काठमाडौ ; मोहन वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) ले आज कात्तिक २ गते एक प्रेस बिग्यप्ती जारी गर्दै आफ्नो पार्टीले संसदिय ब्यबस्थाले घोषणा गरेको आगामी मंसिर ४ को निर्वाचन सान्तिपुर्ण ढंगले बहिष्कार अभियान संचालन गर्दै आएकोमा राज्य पक्षले प्रहरी परिचालन गर्दै पार्टी कार्यलय घेराउ गर्ने, पार्टीका नेत्ता कार्यकर्ताहरूको घरमा बिना सूचना घेराउ गरेर घर खानतलासी गर्ने पार्टीका नेत्ता कार्यकर्ता लाई निगरानी गर्ने जस्ता कार्य गरेर आतंकित पारेको भन्दै त्यस्तो कार्य अबिलम्ब रोक्न चेतावनी दिएको छ। कुनैपनी राजनीतिक दलले शान्तीपुर्ण रुपले कुनैपनी राजनीतिक क्रियाकलाप गर्न पाउने लोकतान्त्रिक संविधानले दिएको अधिकार लाई सम्मान गर्न राज्य पक्षलाई वैद्य माओवादीले आग्रह गरेको छ।