७९ कात्तिक १ काठमाडौ ; शताब्दी पुरुष सत्यमोहन जोशिको निधनमा सरकारले सार्वजनिक बिदा दिएकोले आज कात्तिक १ गते सेयर कारोबार पनि बन्द हुने भएको छ। सेयर कारोबार भोलि कात्तिक २ गते बुधबार खुल्नेछ। सेयर बजार नेप्से बिगत १ बर्ष अगाडि देखि हाल सम्म निरन्तर ओरालो लागीरहेको छ। लगानीकर्ताले खर्वौ नोक्सानी ब्यहोरीरहदा समेत निमायक निकाय भने मौन छन् । सरकारले सेयर बजारलाई अनउत्पादन क्षेत्रमा वर्गीकरण गरेको कारण लगानीकर्ता सेयर बजार प्रती उत्साहित हुन नसकेको एक पुराना सेयर लगानीकर्ता नाम उल्लेख नगर्ने सर्तमा बताउछन् ।