७९ कात्तिक १ काठमाडौ ; केरा बहुबर्षिय, बार्है महिना फल्ने फलफुल हो। नेपालको गाउँघरका स्थानीय जातका केरा एकचोटि रोपेपछी धेरै लामो समय सम्म बाचिरहन्छ। केरामा लाग्ने गबारो, केराको जरा खाने रातो कमिला, केराको जरा खाने धमिरा मार्ने औषधि प्रयोग गरेको खण्डमा केरा कहिल्यै मर्दैन। नेपालमा पाईने स्थानीय जातको केरा एकै ठाउँमा लामो समय सम्म जरा बाट पलाउने फलफुल हो। नेपाल कृषिप्रधान देश हो तर नेपालका युवायुवती आफ्नो गाउँघरका निजी जग्गा जमिन बाझो राखेर नेपालमा आईए, बिए, एमए पास गरेर रोजगारीको लागि साउदी, दुबइ, कत्तार, मलेसिया तिर कृषि क्षेत्रमा काम गर्न गैइरहेका छन र बर्षको दुईचार लाखमा चित्त बुझाउछन भने कति युवा युवतीत ठगिएर तलब नै नपाई नेपाल फर्किन्छन । तर सिन्धुलि जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४ सातपत्रेका एक किसान सुर्य बहादुर थापाले १० कठ्ठामा गरेको केरा खेती, मरिच खेती, भुईकटहर खेती, रुखकटहर खेती र २बिगाहा जमिनमा सिजन अनुसार गरेको मकै, तोरी, साग, फापर, घान खेती, र भैसिपालन, माहुरी पालन बाट मात्रै बार्सिक लाखौं आम्दानी गर्छन। उहाँले आफ्नै निजि जमिनमा रोपेर संरक्षण गरेको खसरेटो, टाकी, बास, पटमिरो, सिरु, खर विभिन्न जातको स्थानीय घाँस बेचेर धेरै राम्रो आम्दानी गरेर परिवार पालेको किसान सुर्य बहादुर थापा बताउनु हुन्छ।