सेयर कारोबार रकम घटने गति झन बढ्यो। नेप्से २.६१ अंकले घट्यो । By हेमन्त खबर संवाददाता|2022-10-17T09:47:08+05:45October 17, 2022|Uncategorized| ७९ असोज ३१ काठमाडौ; सेयर बजारको सुधारको लागि नंया ब्रोकर लाईसेन्स बिस्तार गर्ने कार्य सुरु हुँदै गर्दा सोमबार नेप्से २.६१ अंकले घटेको छ । सोमबार १८५८.३३ विन्दुमा पुगेर नेप्से बन्द भएको छ । यस दिन ५१करोड भन्दा माथिको सेयर कारोबार भएको छ । यतिखेर सेयर लगानीकर्ता लाई हतोत्साहित गर्ने प्रमुख निकाय सेयर बजारको प्रमुख निमायक निकाय नेपाल रास्ट्र बैंक नै रहेको र केही ठुला खेलाडीलेहरूले नियोजित ढंगले सट्टेवाज कारोबार गरेर नेप्से घटाईएको एक अनुभवी सेयर लगानीकर्ताले बताए।