७९ असोज ३१ काठमाडौ ; कात्तिक १८ गते देखि मात्रै  राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता २०७९ अनुसार चुनावको प्रचार प्रसार गर्न पाउने भएका छन। कात्तिक १८ बाट कोणसभा आमसभा पम्प्लेटिङ्ग वालपेन्टीङ्ग प्रचार प्रसार जनताको  घर आगनमा भेटघाट सम्पर्क घरदैलो अभियान गर्न पाउनेछन् । त्यो भन्दा अगाडि गरे निर्वाचन आचारसंहिता उल्घन गरेको ठहरिनेछ। प्रचार प्रचार तामझाम भड्किलो बनाउन पाईनेछैन भन्ने ब्यहोरा निर्वाचन आयोगको निर्वाचन आचारसंहिता २०७९ मा उल्लेख रहेको छ। यसैगरी विभिन्न जिल्लामा राजनीति दलहरूले चुनाव प्रचारको लागि टागेका ब्यानर पोस्टर हटाउन सम्बन्धित जिल्ला प्रमुखहरू लाई निर्वाचन आयोगले निर्देशन दिएको छ।