अन्डरग्राउण्ड पार्किङको लागि विभिन्न थरिका गुनासो आएपछि नवनिर्वाचित मेयर बालेन शाह एक्सनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै साेमबारदेखि नै भवनको नक्सापास भए अनुसार प्रयोग नभएका भवनहरूमा अनावश्यक रूपमा निमार्ण गरिएका सटरहरू भत्काउँदै कारबाही सुरू गरेकाे छ ।

काठमाडौंको बानेश्वर आसपासका व्यापारिक कम्प्लेक्सका अण्डरग्राउण्डमा पार्किङको सट्टा पसल सञ्चालन गर्ने व्यवसायीलाई महानगरपालिकाले हटाउन थालेको छ । नक्सा पास अनुसार अण्डरग्राउण्डमा पार्किङ नै हुनु पर्ने महानगरले बताएको छ ।