७९ असोज ३१ काठमाडौ ; २० बर्षे पेन्सन योजना घटाउन नेपाल प्रहरी र ससस्त्र प्रहरीका जवानहरूले दिदै आएको सुझाव लाई मध्यनजर गर्दै नेपाल प्रहरी र ससस्त्र प्रहरीका जवानहरूको २० बर्षे पेन्सन अबधि घटाएर पुरानै १६ बर्षे योजना लाई लागु गर्न गृहमन्त्रालयले छलफल गरिरहेको गृहमन्त्री बालकृष्ण खाणले बताउनु भयो। २० बर्षे पेन्सन योजना घटाउन नेपाल प्रहरी र ससस्त्र प्रहरीका जवानहरूले आफ्नो संगठन युनिटका कमान्डर मार्फत सुझाव दिदै आएका थिए। २०बर्षे पेन्सन योजनाले प्रहरी जवानको मनोबलमा असर पुगेको प्रहरी भित्रै बाट सुझाव आईरहेकोले यो बिषय लाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर गृहमन्त्रालयले अध्यन गरीरहेको प्रहरी प्रधान कार्यलयमा आयोजित प्रहरी दिवसको विशेष कार्यक्रम मा बोल्दै गृहमन्त्री खाणले संचार माध्यमलाई  बताउनु भयो । उता रक्षा मन्त्रालयले भने नेपाली सेनामा २० बर्षे पेन्सन योजना हटाएर १६ बर्ष कायम गरीसकेको छ । जुन १६ बर्षे पेन्सन योजनामा पेन्सन जाने जवानले पेन्सन पट्टाको किताब त पाउँछन् तर १६ बर्ष देखि २० बर्ष सम्मको अर्थात ४ बर्षको पेन्सननै पाउदैनन् यस्तो अभ्यास सायद बिश्वमै नौलो अनि दुर्लभ होला।