७९ असोज ३१ काठमाडौ; आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको लागि नेपाल प्रहरीले सुरक्षा ब्यबस्थाको तयारी पुरा गरेको छ। चुनावमा खटीने राजनीतिक दलका उमेदवार स्वयंसेवक, कर्मचारी, पत्रकार, पर्यवेक्षक, भोटरहरूको सुरक्षा दिन नेपाल प्रहरी सकृय भएर चौबीसै घण्टा परिचालन हुनेछ, कोहि कसैले सुरक्षा माग गरे सुरक्षा दिन सुरक्षा कर्मी तुरुन्तै घटना स्थलमा पुग्ने नेपाल प्रहरीका प्रबक्ता टेक प्रसाद राईले बताउनु भयो। निर्वाचनमा खटीने सवै स्वयंसेवक, कर्मचारी, पर्यवेक्षक, पत्रकार, बुद्दिजिबी सामाजिक अभियान्ता सवै सग समन्वय गरेर नेपाल प्रहरी अगाडि बढनेछ। नेपाल सरकार र निर्वाचन आयोगको नीति निर्देशन र चुनावी आचारसंहिता पालना गर्न गराउन सवै सग समन्वय सहकार्य गरेर नेपाल प्रहरी अगाडि बढने नेपाल प्रहरीका प्रबक्ता टेक प्रसाद राईले बताउनु भयो।