७९ असोज ३० काठमाडौ; लाभांशको सिजन सुरु भैईसकेको, अघिल्लो बर्ष भन्दा यो बर्ष कम्पनीहरूको नाफा राम्रो रहेको अबस्थामा समेत आईतवार नेप्से ९.६९ अंकले घटेको छ ।आइतबार १८६०.९४ विन्दुमा पुगेर नेप्से  बन्द भएको छ । यस दिन ८०करोड भन्दा माथिको सेयर कारोबार भएको छ । नेपाल रास्ट्र बैंकले लिएको अस्थिर ब्याजदर नितिको कारण सेयर लगानीकर्ता अझै पनि पर्ख र हेरको अबस्थामा रहेको देखिन्छन।