७९ असोज ३० काठमाडौ ; आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावको लागी निर्वाचन आयोगले मतपत्र छापेर सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याउने काम धमाधम गरिरहेको छ । समानुपातिक तर्फको मतपत्र करिबकरिब छापिसकेको जनाएको छ। आज सम्म ४५ लाखभन्दा बढी मतपत्र छाप्ने काम भएको निर्वाचन आयोगले जनाएको छ। यसैगरी निर्वाचन आचारसंहिता २०७९ बिपरित कुनैपनि कार्य नगर्न सम्बन्धि सवैलाई निर्वाचन आयोगले अपिल गरेको छ। निर्वाचन सुरक्षाको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी, रास्ट्रीय अनुसन्धान बिभाग र आबस्यकता अनुसार नेपाली सेना समेत परिचालन गर्ने निर्वाचन आयोगले जनाएको छ।