७९असोज २९ काठमाडौ ; २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि निर्वाचन आयोगले घोषणा गरेको चुनावमा निर्वाचन आचारसंहिता २०७९ लागू भैईसकेको ले निर्वाचन आचारसंहिता बिपरित कार्य कोहि कसैले गर्न नपाउने निर्बाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता अन्तरगत निर्वाचन आचारसंहिता २०७९ को दफा ४ (त) अन्तरगत सामाजिक संजाल मार्फत मनोनयन दर्ता भएको मिति देखि मतदान सप्पन्न नभए सम्म उमेदवार वा राजनीतिक दलको मत परिणाम सम्बन्धमा मत सर्बेक्षण गर्न वा त्यस्तो मत सर्बेक्षणको परिणाम घोषणा वा प्रकाशन गर्न नपाईने निर्वाचन आयोगले बिग्यप्ती मार्फत स्पष्ट पारेको छ।