७९असोज २८ काठमाडौ ;मोहन बैद्यले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मंसिर ४ गतेको प्रतिनिधिसभाको चुनाव बहिष्कार गर्ने घोषणा गरे सगै संसदिय ब्यबस्थाको चुनाव बहिष्कार गरौं, संसदिय ब्यबस्था खारेज गरौं भन्दै चुनाव बहिस्कार  कार्यक्रम सुरु गरेको छ। सोही अनुसार आज  प्युठान जिल्लामा चुनाव बहिष्कार कार्यक्रम गरेको वैद्य माओवादीले जनाएको छ। मंसिर ४ को चुनाव बहिष्कार अभियानमा बैद्य माओवादी सहित अन्य साना ३कम्युनिस्ट पार्टी समेत बहिष्कार अभियानमा संलग्न रहेका छन। अघिल्लो प्रतिनिधि सभाको चुनाव ससक्त बहिष्कार गरेको बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टी बाट अलग्गीएको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत संगठन समेत आगामी मंसिर ४ को चुनाव बहिष्कार अभियानमा संलग्न रहेको छ।