७९ असोज २८ काठमाडौं; काठमाडौ महानगरपालिकाले आफुखुसी उत्खनन गरेका टुकुचा खोलालाई  कुनै सुरक्षा ब्यबस्थापन नगरी अलपत्र पारेर छोडेको छ। जस्को मार टुकुचा खोला दायाँबायाँ घर बनाएर बसेका स्थानीय बासिन्दा आफ्नो घर भासीएर भत्किने हो कि भनेर त्रसित भएका छन। जस्को उदाहरण नारायणहिटी क्षेत्र, जयनेपाल हल, हात्तीसार आसपास दायाँबायाँका भासीएका टुकुचाखोला हेरे पुग्छ। उक्त क्षेत्रको उत्खनन गरिएका टुकुचा खोलाको दायाँबायाँको जमिन भासीन सुरु गरेको छ भने काठमाडौ महानगर पालिका विभिन्न बाहानाबाजी देखाएर रमिते जस्तै भएर बसेको छ।