काठमाडौ असोज २७, सेयर बजार नेप्से आज असोज २७ गते ४.१५  अंकले सामन्य वृद्धि भएको छ। आज नेप्से १८७०.६३ विन्दुमा पुगेर रोकिएको छ । आज बिहीबार ८२करोड भन्दा बढीको सेयर कारोबार भएको छ । लाभांशको सिजन सुरु भैसक्दा समेत लगानीकर्ता लगानी गर्न त्यति उत्साहित भएको देखिदैनन। लगानीकर्ता अझै पनि पर्ख र हेरको अबस्थामा रहेको देखिन्छन् । बैंकको अस्थिर ब्याजदरको कारण सेयर लगानीकर्ता लगानी गर्न डराईरहेको देखिन्छ। बैंकको ब्याजदर बढ्यो भने नेप्से घटछ। बैंक ब्याजदर घट्यो भने नेप्से बढछ भन्ने कुरा आम लगानीकर्ताको मनोवृत्ति देखिन्छ ।