७९असोज २७; प्रजातान्त्रिक अभियान्ता हेमन्त बहादुर मल्लले दाङ जिल्लाको क्षेत्र नं.३ बाट प्रतिनिभीसभाको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । मल्ल पञ्चायतकाल देखि नै प्रजातान्त्रिक विचारक भएकाले ‘बहुदलवादी’ नेता भनेर चिनिने उनी प्रखर वक्ता पनि मानिन्छन् । लामो समयसम्म अधिबक्ता भई कानून र समाजको गहन अध्धयन गर्नु भएका मल्ल विगत ४० बर्ष देखि प्रजातान्त्रिक विचारमा अडिग रहि स्वतन्त्र राजिनिती गर्दै आउनु भएको छ । ‘व्यक्तिगत स्वतन्त्रता, आर्थिक सम्पन्नता र गौरवमय क्रान्ति ‘जमिन र धितो सुरक्षा र संवर्द्धन अनि नागरिकको चाहना अनुरूप संविधानलाई संशोधन गर्दै लैजानका लागि मल्ले विशेष जोड दिने बताउनु भएको छ । आफ्नो घोषणा-पत्र पनि चाडै सार्वजनिक गर्ने बताएका छन् ।