सेयर बजार नेप्से घटबढ गराउन कस्तो हर्कत अपनाईन्छ!!
सेयर बजार बाट ठुला खेलाडीहरूले सस्तोमा किनेका अथाह सेयर कित्ता बिक्री गर्न सेयर बजार नेप्से धेरै बढछ भन्दै मिडिया मार्फत प्रचार प्रसार गर्ने र आम सर्वसाधारण नेपाली नागरिकहरूलाई सेयर किन्न प्रोत्साहन गर्ने गर्छन,भने अर्को तिर आफू सग भएको अथाह सेयर बिक्री गर्दै बजारबाट बाहिरिन्छन। यस्को ज्वलन्त उदाहरण नेपालको नेप्से बत्तीस सय पुगेको बेला नेप्से चार हजार पाँच हजार पुग्छ भनेर मिडिया भरी भएभरको बल लगाएर प्रचार प्रसार गर्ने सेयर बजारका बादसाहा हरूले रास्ट्रीय मिडियामा दिएको अन्तरबार्ता हेरेपुग्छ। फ़ेरि निश्चित केही समय पछि नेप्से धेरै घटेपछि ,सेयर मुल्य सस्तो भएपछि तिनै ठुला धनी खेलाडीहरूले पुन अथाह सेयर खरिद गरेको पाईन्छ। अर्को तिर सेयर बजार ,पुजिबजारको नियामक निकाय प्रमुख रास्ट्र बैंक नै नेप्से घटबढ गराउने कार्यमा संलग्न देखिन्छ। नेप्से घटाउनु पर्यो भने ब्याजदर बढाईदिने । नेप्से बढाउनु पर्यो भने ब्याजदर घटाईदिने बैंकको पैसा नै ठूलो परिणाममा  सेयरमा लगानी गरिदिने। यसरी सेयर बजार लाई घटबढ गराउने देखि नकारात्मक भ्रम छर्न ठुला खेलाडीहरुले मिडियाको  प्रयोग गर्ने गरेको देखिन्छ।