भगवान थापा
काठमाडौं,साउन ३०
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०७९।४।३० गते नेपाली नगरिकलाई Virtual Currency/Crypto currency Network Marketing and Hyper Fund को कारोवार नगर्न सम्बन्धित सबै नेपाली नागरिकमा सूचना गरेको छ । यस वैकंले Bitcoin कारोबार Cryptocurrency कारोवार Virtual currency and Network Marketing  व्यवसाय गैँरकानूनी रहको बारे विदेशी विनिमय नियमित गर्ने एन २०१९ को दफा १२ बमोजिम पटक पटक सूचना प्रकासित गरको छ । नेपालमा बसोबास गर्ने नागरिक,फर्म,कम्पनी,संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोवास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका फर्म कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यलय तथा एजेन्सीहरुले Virtual Currency/Cryptocurrency Network Marketing and Hyper Fund कारोवार गराएको पाइएमा तथा सो को प्रयोग,संलग्नता,सदस्यता,लगानी,स्वामित्व ग्रहण,स्थानान्तरण,विप्रेषण,विनिमय Mining सम्बन्धी कार्य गर्ने गराएको पाइएमा कानूनी कारवाही हुने कानूनवीद अधिवक्ता भुनेश्वर थापा (भुवन) वताउनु हुन्छ ।