८  फागुन, काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा समापन भएको छ । संसदमा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो ।

एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा फरक फरक धारणा रहेको छ । काँग्रेस जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र संशोधन बिना एमसीसी टेबल हुन नसक्ने पक्षमा रहेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी टेबल गर्न दिने तर पारित गर्न नसघाउने पक्षमा हुँदा जसपामा पनि दुई धार रहेको छ।  यस्तै राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको छ । त्यसकारण दिउँसो १ बजे प्रतिनिधिसभा संसद बैठकमा एमसीसी टेबल गर्ने विषयमा गठबन्धनका दलहरुबीच निरन्तर छलफल हुँदै आएको छ ।

माओवादी स्रोतले पनि एमसीसीका विषयमा सरकार, सदन र सडकमा तीव्र ध्रुवीकरण भएर थप जटिलता आउने देखिएकाले आइतबार संसद्मा टेबल गर्ने निर्णय भएको छ ।