भगवान थापा
काठमाडौं,४ कार्तिक
कोरोना बाट पिडित नेपाली नागरिकलाई आफ्नै खर्चमा उपचार गराउन नेपाल सरकारको निर्णयलाई बिरोध गर्दै नेपालका लागि नेपालीले विज्ञप्ती निकालेको छ । संबिधान, कानुन र अदालतलाईनै चुनौती दिन नेपाल सरकारलाई अधिकार छैन । नागरिकको स्वास्थ्य सम्बन्धी अधिकार हनन गर्न सरकार कस्को इसारामा काम गर्दै छ । सबै कोरोना संक्रमित नेपाली नागरिकलाई निशुल्क उपचार गर्न नेपाल सरकार संग माग गरेको छ । यदी निशुल्क उपचार नगरेमा नागरिक आन्दोलन मार्फत यो सरकारलाई फ्याक्ने नेपालका लागि नेपालीका ंसंस्थापक अधिवक्ता भुनेश्वर थापा (भुवन) डा.सुरेन्द्र भण्डारी, बालकृष्ण नेउपाने, योगेन्द्र श्रेष्ठ, राम बाडे, सागर खड्का समेतको मिति २०७७।७।४ मा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले निणर्य गरेका छन् ।