भगवान थापा
काठमाडौं,१७ आश्विन
नागरिकले तिरेको कर मार्फत राष्ट्र सञ्चालन हुन्छ । नागरिकले मेहेनत गरेर तिरेको कर उचित कार्यमा खर्च गर्नु पर्छ । संघियताको नाममा जनताले तिरेको कर खर्च गर्नु ठुलो भुल हुनेछ । राष्ट्र संचालकले विकासमा धेरै खर्च गरी विकासको मार्ग हरु द्रुत्र गतिमा अगाडी वढाउन सक्नुपर्छ । तर नेपालमा संघियताको नाममा संसद मन्त्री पाल्दै राष्ट्रको ढुकुटी खर्च भएको छ । अब तत्काल स्थानीय निकाय प्रदेश संसद मन्त्री लाई आफै स्वोरोजगार बनाउन कुखुरा पालन, गाई पालन, भैसी पालन, खसी पालन सम्बन्धी तालिम दिएर राष्ट्र बाट कुनै तलब सुविधा नदिन नेपालका लागि नेपालीका भुनेश्वर थापा (भुवन), योगेन्द्र श्रेष्ठ, विरभद्र जोसी, डा.सुरेन्द्र भण्डारी, रणबाहादुर चन्दले विज्ञप्तीे निकालेका छन ।