भगवान थापा
काठमाडौ, १९ आषाढ
११६ वर्ष अगी कुटी, नाभी र गुञ्जीका तत्कालिन मुखीयाले नेपाल सरकार लाई लेखेको पत्रले सो भुभाग नेपालको भएको स्पष्ठ भएको छ । केपी ओली सरकारले उक्त भुभाग नेपालको भएकाले नेपालको नक्सामा समाबेस गरेको हो । सरकारको कदम लाई सबै नेपाली नागरिकले पूर्ण साथ दिनु पर्ने नागरिक कर्तब्य हो । तत्कालिन मुखियाले सांध—सिमाना मिचिएको गाँउ झगडा मिलापत्र गराएको पत्रले नेपाली भूमी भएको प्रष्ट्र हुन्छ । यसर्थ सबै नागरिकले हम्रो भूमिको रक्षा गर्ने कर्तव्य नभुल्न नेपालका लागि नेपाली का संस्थापक अध्यक्ष भुनेश्वर थापा(भुवन) डा सुरेन्द्र भण्डारी
योगेन्द्र श्रेष्ठ, निराजन श्रेष्ठ, डा.पुन्य प्रसाद खतिवडा, हेमराज थापा, मिना ढकाल, सुजना थापा, मुना श्रेष्ठ, ई. राम बाडे हरुले अपिल गरेका छन् ।