भगवान थापा
काठमाडौं,२०७६ जेठ १
सबै खाले वेथितिको समाप्त गर्न गठित राजनैतिक शक्ति नेपालका लागि नेपाली हो । मुलुकमा काम नगर्ने र गफ गर्ने चिन्तन समाप्त गर्न विगत वर्ष देखी सडकमा आवाज उठाउने नेपालका लागि नेपालीले जस्ता सुकै समस्या समाधान गर्न सक्ने देखिन्छ् । बिचार मार्फत सबै समस्याको हल हुनु पर्छ । राजनीतिमा बिचार र ब्यबाहार को एकरुपताको लागि सडकमा दैनिक संर्घष गरीरहेका छन् । नागरिक लाई कम कर तिराउने र राष्ट बाट राम्रो सुबिदा दिलाउने गरी सडकमा आवाज उठाएका छन् । नागरिकका करले धेरै सांसद र मन्त्री पाल्न नसक्ने नेपालका लागि नेपाली को प्रमुख माग हो । नागरिक संग कर उठाउने र बिरोजगारी मन्त्री र सांसद लाई पाल्न कर खर्च गर्नु कुन न्याय हो । सबै नागरिकले सचेत भएर राष्ट को ढिकुटी बलियो बनाउन प्रधानमन्त्री सहित ११ जनाको मन्त्री परिषद र १०१ जाना सांसद बनाउन नेपालका लागि नेपालीका संस्थापक कानुनविद अधिवक्ता भुनेश्वर थापा (भुवन), योगेन्द्र श्रेष्ठ, सुजाना थापा, डिक खड्का, हेमराज थापा, निराजन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी ले नागरिक सडक संघर्ष गरीरहेका छन् ।