भगवान थापा

काठमाडौं, ३ आषाढ
विगत समय देखिको भारत चीनको द्धन्द झडपमा परिणत भएको छ । सोमबार राति पूर्वी लद्धाखको गलुवानमा भएको झडपमा भारतीय सेनाका कर्णेल सहित २० सेनाको मृत्यृ भएको छ । दुई शक्ति राष्ट्र बिचको झडप ४५ वर्ष पछिको हो । एसियाका शक्ति सम्पन्न राष्ट्र बिच युद्ध हुन सक्ने अबस्था भएको छ । झडप सगैं दुवै राष्ट्रले ठुलो संख्यामा सेना पुरयाएका छन् ।