सिन्धुली , २६ चैत ।

कोरोना भाईरस परिक्षण गर्ने पिसिआर ( पोलीमेरेज चेन रियाक्सन ) मेसिन नेपालभर कुल संख्या २९ रहेको छ । तर ति २९ मेसिन मध्य ५ मेसिन मात्र अहिले कोरोना भाईरस परिक्षणको लागि प्रयोग गरिएको छ ।

बिर अस्पताल , पाटन अस्पताल र ठिमी अस्पतालमा मात्र नभई त्रिभुवन विश्वविद्यालय र अन्य कयौँ अनुसन्धान केन्द्रमा पिसिआर मेसिन रहेको छ । उक्त पिसिआर मेसिनमा एकैपटक ९७ नमुना परिक्षण गर्न सक्ने क्षमता रहेको छ । तर उक्त मेसिनलाई प्रयोगमा ल्याउने कुनै पनि लक्षण सरकारको देखिएको छैन । अहिले , चिनबाट ल्याइएका मेसिन प्रयोगमा रहेको छ र ति मेसिनले एकपटकमा १५ नमुना परिक्षण गर्छन ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा मात्रै तीनवटा पिसिआर मेसिन प्रयोगविहीन अवस्थामा छन् । त्यसैगरी वीर अस्पताल, पाटन अस्पताल, लेलेको आनन्दवन अस्पताल, भैंसेपाटीस्थित मेडिसिटी अस्पताल, त्रिभुवन विश्वविद्यालयका केन्द्रीय माइक्रोलोजी विभाग, केन्द्रीय बायोटेक्नोलोजी विभाग र ल्याबोरोटोरी अफ द एग्रो एन्ड बायोमेट्रिक रिसर्च सेन्टर, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र , नयाँ बजारस्थित नेसनल कलेज, वाल्टर रिड एएफआरआइएमएस रिसर्च युनिट नेपाल, फरेन्सिक ल्याब खुमलटार, रिसर्च इन्स्टिच्युट फर बायोसाइन्स एन्ड बायोटेक्नोलोजी, सिनामंगलस्थित डिकोट जेनोमिक एन्ड रिसर्च सेन्टर , बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र पुल्चोक, सेन्टर भेटेनरी ल्याब्रोटरी टेकु, राष्ट्रिय क्षयरोग केन्द्र ठिमी, नयाँ बानेश्वरस्थित नेसनल रिफ्रेन्स ल्याब्रोटरी, नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल खुमलटार, काठमाडौं सेन्टर फर जेनोमिक्स एन्ड रिसर्च ग्वार्को, सेन्टर फर मोलिकुलर डाइनामिक नेपाल सिएमडिएन र सेन्टर डाइग्नोस्टिक रिसर्च लेब्रोटरी कमलपोखरीमा प्रयोगविहीन अवस्थामा छन् ।

कोरोना भाईरस परिक्षण गर्ने पिसिआर ( पोलीमेरेज चेन रियाक्सन ) मेसिन , नयाँ पत्रिका ( https://nayapatrikadaily.com/news-details/40711/2020-04-08 )

कोरोना संक्रमित संख्या बढदै गएका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक्लै परिक्षण गर्न नसक्ने भन्दै सरकारले अघिल्लो शनिबार चीनको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिबाट पाँचवटा पोर्टेबल पिसिआर मेसिन ल्याएको छ । उक्त मेसिनबाट पोखरा, बुटवल, सुर्खेत, धनगढी र जनकपुरमा परीक्षण सुरु गरिएको छ ।