काठमाडौं , १० चैत
लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । कोरोना भाइरस नेपालमा भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई सम्बोधन गर्दै चैत १० देखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ ।
Leave A Comment