३० कात्तिक, काठमाडौं

अखिल नेपाल फुटबल संघले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ ।

विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जन , दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो । चारै जना भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए ।

अनुशासन उल्लंघन गरेका उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताए । उनले भने, ठमेलको नाइट क्लबमा गएर मातिएको अवस्थामा भेटिएपछि विमल, अञ्जन, दिनेश र सन्तोषलाई टिमबाट तत्कालको लागि हटाइएको छ ।