२८ कात्तिक, काठमाडौं

पवन शर्राफको अर्धशतकसँगै नेपालले एसिया कपमा भारतलाई १९४ रनको लक्ष्य दिएको छ । भारतले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।

बंगलादेशमा टस हारेर ब्याटिङ पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले ।

नेपालको सुरुवात भने खराब रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमानै आउट भए । तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे ।

कुशल २८ रनमा आउट भए । त्यसपछि खेलमा आएका आरिफ शेख मात्र २ रनमा आउट भए । क्रिजमा टिकिरहेका शरदले उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ४४ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । दीपेन्द्र २४ रनमा आउट भए । नेपालले थप दुई रन जोड्दा शरद पनि व्यक्तिगत ४४ रनमा  आउट भए ।

त्यसपछि पवन शरार्फले महत्वपूर्ण पारी खेले । उनले छैटौं विकेटका लागि विनोद भण्डारीसँग ३१ रनको साझेदारी गरे । विनोदले व्यक्तिगत ५ रन मात्र बनाए । सोमपाल कामी पनि २ रनमै आउट भए । नवौं नम्बरमा कारण केसी आए ।

दुबैले आठौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । करण २० रन बनाएर आउट भए , जतिबेला नेपालको अङ्क १८६ रन थियो । थप ६ रन जोड्दा पवन पनि ५६ रन बनाएर आउट भए । अर्को बलमा ललित नारायण राजवंशीको विकेट गएपछि नेपाल १९३ मा नै अलआउट भयो ।