२२ कात्तिक, काठमाडौं ।

त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङ वेम दुई कम्पनीका जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यति एयरलाइन्सको जहाजलाई छोएको हो ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्री को जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको मानन्धरले बताए ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरीरहेका छन् ।