४ कात्तिक, काठमाडौं ।

राष्ट्रिय मानवअधिकार आयोग (NHR)ले नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभएको ठहर गरेको छ ।

घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय NHR ले गरेको छ । ‘दोहोरो भिडन्तमा होइन । अनावश्यक बल प्रयोग गरेर मारिएको हो भन्ने निष्कर्षमा आयोग पुगेको छ’ एक अधिकारीले भने ।

पौडेल यही बर्ष असार ५ गते लगभग २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही स्थित जंगलको पश्चिम किनारामा बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।