काठमाडौं, ८ भदौ । शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका रवि लामिछानेको समर्थनमा देशभर प्रदर्सन भैरहेको बेला हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पनि रविको पक्षमा खुलेर साथ दिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टेटस लेख्दै माग्ने बुढाले आफू सत्यको पक्षमा रहेको र रवि लामिछानेलाई खुलेर साथ दिने बताएका हुन् । उनले फेसबुक स्टेटसमा लेखेका छन्, ‘आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्झाइरहने अवस्था देखिएकोले रवि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो । (सालिक राम पुडासैनी परिवार पनि न्याय पाउनुपर्छ ) मातृभूति, आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्नुपर्दछ । गाली र गाली दुवै स्वीकार्य छ ।