२७ साउन, काठमाडौं । राष्ट्रिय परिचयपत्रमा रहने नागरिकको वैयक्तिक विवरणमा सरकारको मात्र पहुँच हुने गरी संसदको राज्य व्यवस्था समितिले राष्ट्रिय परिचयपत्रसम्बन्धी विधेयकमा सहमति जुटाएको छ । व्यक्तिका गोप्य सूचना सार्वजनिक हुन सक्ने निश्कर्षसहित समितिले विधेयकमा वैयक्तिक विवरण सार्वजनिक वा व्यावसायिक संस्थाले उपयोग गर्न नपाउने व्यवस्था गरेको हो । विधेयकअनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकका सबैखाले विवरण संकलन गरिन्छ । त्यसमा दुई खालका विवरण रहेका छन, एउटा वैयक्तिक र अर्को जैविक ।