२७ साउन, जनकपुरधाम ।

एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरधामकाे ४ बाट ३ जनालाई पक्राउ गरेको छ । परीक्षा हलबाटै म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा स्‍थानीय ३० वर्षका लीलाराज शिवभक्तिसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टरको तथ्याङ्कशास्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी नजिकै रहेको सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।