८ असार, काठमाडौं । झापामा दुईपटक कांग्रेसका हस्ती कृष्णप्रसाद सिटौलासित चुनाव हारेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन पछिल्लोपटक उनै सिटौलालाई हराएर प्रतिनिधिसभाको सांसद बने । संसदीय चुनावमा राप्रपाले लज्जास्पद हार व्यहोर्दा उनी संसदभित्र आफ्नो पार्टीका एक्ला प्रतिनिधि बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाको निगुरो, च्याउ र पानी खाएर हुर्केका सांसद लिङदेन सुकम्बासी वर्गबाट यो ठाउँसम्म आइपुगेका संघर्षशील नेता हुन् । सुकुम्बासी र गरीबहरु प्रायः कम्युनिष्ट बन्ने गरेको झापा जिल्लामा लिङदेन चाहिँ कसरी कम्युनिष्ट बन्न छुटे ? रोचक त के छ भने सामन्तहरुसँगै संघर्ष गर्ने क्रममा आफू गैरकम्युनिष्ट राजनीतिमा लागेको लिङदेनको प्रतिक्रिया छ ।