प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै कांग्रेस नेता तथा छाया अर्थमन्त्री डा. मीनेन्द्र रिजालले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई ‘अप्रगतिशील’ कर प्रणालीको संज्ञा दिए । भ्याट खारेज गरेर प्रत्यक्ष कर प्रणाली लागू गर्नुपर्ने उनले खुलेर वकालत गरेका छन् । कांग्रेसले सरकारका गतिविधिमाथि निगरानी गर्न बनाएको छायाँ सरकारका अर्थमन्त्री डा. रिजाल प्रतिनिधिसभामा आफूले व्यक्त धारणालाई पार्टीको भन्दा पनि छाया सरकारको धारणाका रुपमा बुझ्न आग्रह गर्छन् । प्रत्येक नागरिक प्रत्यक्ष करको दायरामा आउन सक्ने क्षमतामा पुगेका छन्, चाहे त्यो आयकरका हिसावले होस, या अन्य आम्दानीका हिसावले । सबै व्यक्तिले तिर्नुपर्ने प्रत्यक्ष करको हिसाव सूचना प्रवृधिको माध्यमबाट उपलब्ध गराउन सकिन्छ, त्यसकारण भ्याट अब अप्रगतिशील बन्दैछ भन्छनन् डा. मीनेन्द्र रिजाल ।