कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

पृथ्वी दिवसका अवसरमा ललितपुरमा साइकल रयाली

पृथ्वी दिवसका अवसरमा आज ललितपुरमा साइकल रयाली सम्पन्न भएको छ । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार [...]

By |2023-04-22T19:39:07+05:45April 22, 2023|Categories: News|

रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिँदै आएको बताउनुभएको छ । रुसको औपाचारिक भ्रमणका क्रममा आज त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानमा विद्यार्थीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी रुससँगको [...]

By |2023-04-22T19:37:09+05:45April 22, 2023|Categories: News|

बाँकेमा कोभिडका कारण एकको मृत्यु

बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी [...]

By |2023-04-22T19:36:01+05:45April 22, 2023|Categories: News|

कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ [...]

By |2023-04-22T19:34:45+05:45April 22, 2023|Categories: News|

भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उहाँका छोरा मोहन बेघा लिम्बूले [...]

By |2023-04-22T19:33:16+05:45April 22, 2023|Categories: News|

अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताउनुभएको छ । उहाँले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट [...]

By |2023-04-22T19:32:02+05:45April 22, 2023|Categories: News|

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ [...]

By |2023-04-22T19:29:47+05:45April 22, 2023|Categories: News|

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्देशन

यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचन आयोग [...]

By |2023-04-22T19:28:46+05:45April 22, 2023|Categories: News|

डेढ दशकमा बाढीपहिरामा परी ७५ को मृत्यु, सोह्र अझै बेपत्ता

बागलुङमा हरेक वर्ष बाढीपहिरामा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जतात्यतै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको [...]

By |2023-04-22T19:27:23+05:45April 22, 2023|Categories: News|

शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ जेठ अन्तिम साता

संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जेठ ३० देखि असार १ गतेसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लागेको छ । राष्ट्रसङ्घको सहयोगमा शान्ति स्थापना [...]

By |2023-04-22T19:25:12+05:45April 22, 2023|Categories: News|

धुँवाले बस्ती ढाकियो

नीलकण्ठ नगरपालिका–८ को च्याढुघुम्तीस्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले आसपासका झन्डै एक दर्जन बस्ती प्रदूषित बनेका छन् । सदरमुकाम धादिङबेँसीबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइटमा आगो सल्किएपछि निस्किएको धुवाँको [...]

By |2023-04-22T19:23:16+05:45April 22, 2023|Categories: News|

बाइस घण्टापछि महिलाको शव फेला

बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो । महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे [...]

By |2023-04-22T19:21:44+05:45April 22, 2023|Categories: News|

इदुलफित्र हर्षोेल्लासका साथ मनाइयो

इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोेल्लासका साथ मनाइएको छ । विराटनगर महानगरपालिका–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक [...]

By |2023-04-22T19:20:00+05:45April 22, 2023|Categories: News|

एनटिसी क्लिन अप प्रिमियर लिग’ अभियान आजदेखि सुरु

स्वच्छ वातावरणका लागि युवाहरुलाई सक्रिय बनाउने उद्देश्यले ‘एनटिसी क्लिन अप प्रिमियर लिग’ अभियान आजदेखि सुरु गरिएको छ । विश्व पृथ्वी दिवसका अवसरमा मैनादेवी फाउन्डेसनले आयोजना गरेको सो अभियानअन्तर्गत आज भद्रकाली [...]

By |2023-04-22T19:18:23+05:45April 22, 2023|Categories: News, Sports|

मङ्गलबारे–पाराबारी जोड्ने सकड कालोपत्र

शिवसताक्षी नगरपालिकाको ग्रामीण क्षेत्रको मङ्गलबारे– पाराबारी जोड्ने सडक कालोपत्र गरिएको छ । नगरपालिका, वडा कार्यालय र स्थानीय उपभोक्ताको गरी रु ९९ लाख ९८ हजारको लागतमा नौ सय ४५ मिटर सडक [...]

By |2023-04-22T19:16:11+05:45April 22, 2023|Categories: News|

ओखलढुङ्गामा एक हजार हेक्टरमा डढेलो

ओखलढुङ्गामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन डढेको छ । यस वर्षको हिउँदको समयमा जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलोबाट करिब एक हजार हेक्टर वन नष्ट भएको हो । [...]

By |2023-04-22T19:14:37+05:45April 22, 2023|Categories: News|

शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन

बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि विद्यालय सञ्चालन गरिएको हो । जानकी–३ मानपुरमा रहेको श्री [...]

By |2023-04-22T19:13:28+05:45April 22, 2023|Categories: News|

टोखामा आगलागीबाट एक करोडको क्षति

काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो । [...]

By |2023-04-22T19:12:06+05:45April 22, 2023|Categories: News|

जङ्गल बाट आएको जंगली हात्तीले कुल्चेर एक मानिसको मृत्यु

जङ्गली हात्तीको आक्रमणमा परी झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ खारखोलामा निवासी एक वृद्धको मृत्यु भएको छ । वन कार्यालय झापाका प्रमुख राईका अनुसार आज बिहान ७० वर्षे भीमबहादुर भट्टराईलाई [...]

By |2023-04-27T16:04:59+05:45April 22, 2023|Categories: News|

चितवन –२ उपनिर्वाचनको तयारी अन्तिम चरणमा

चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला [...]

By |2023-04-22T10:30:58+05:45April 22, 2023|Categories: News|

पाटेबाघलाई नियन्त्रणमा लिइयो

कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ । बाघको आक्रमणबाट शुक्रबार बेलौरी –८ पचुँइका गङ्गादेवी चन्दलाई बेपत्ता परेको थियो । प्राविधिक टोलीले [...]

By |2023-04-22T10:29:57+05:45April 22, 2023|Categories: News|

डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम

डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु [...]

By |2023-04-22T10:28:59+05:45April 22, 2023|Categories: News|

अडिसन’बाट यसरी छनोट हुन्छन् कलाकार

चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका [...]

By |2023-04-22T10:27:58+05:45April 22, 2023|Categories: News|

धुलिखेल–खावा सडक: निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापर्बाहीले सडक यात्रुको [...]

By |2023-04-22T10:25:56+05:45April 22, 2023|Categories: News|

वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ । समाजवादी क्रान्तिका नेता भ्लादिमिर [...]

By |2023-04-22T10:21:26+05:45April 22, 2023|Categories: News|

यु–१६ राष्ट्रिय क्रिकेट; सुदूरपश्चिमको टोली घोषणा

सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले बताउनुभयो । टोलीमा [...]

By |2023-04-22T10:19:19+05:45April 22, 2023|Categories: News|

बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन

बेलौरी नगरपालिका–८ पचुँइमा महिलाईलाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ । निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) [...]

By |2023-04-22T10:18:22+05:45April 22, 2023|Categories: News|

पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान; प्रवद्र्धनात्मक सामग्री वितरण

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख सहरमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ । [...]

By |2023-04-22T10:17:25+05:45April 22, 2023|Categories: News|

संमृद्धिको लक्ष्य हासिल गर्न सरकार दृढ सङ्कल्पित; प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) [...]

By |2023-04-22T08:47:09+05:45April 22, 2023|Categories: News|

बेलझुण्डी रङ्गशाला; निर्माण भयो, हस्तान्तरण भएन

दाङमा बहुउद्देश्यीय रङ्गशाला निर्माण भए पनि हस्तान्तरण हुन सकेका छैनन् । दाङ तुलसीपुर–१७ बेलझुण्डीस्थित रङ्गशाला निर्माण भएको तीन वर्षहुँदा पनि हस्तान्तरण गरिएको छैन । एथ्लेटिक्स र फुटबल रङ्गशाला निर्माण भएको [...]

By |2023-04-22T10:13:51+05:45April 22, 2023|Categories: News|

रामपुर मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी

रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट रु एक करोड ८७ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु एक करोड [...]

By |2023-04-22T08:15:11+05:45April 22, 2023|Categories: News|

स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन

कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याएको छ । नगरपालिकाले विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषयवस्तु समावेश गरेर [...]

By |2023-04-22T08:13:48+05:45April 22, 2023|Categories: News|

म्याग्दी क्याम्पसको भवन निर्माण समयमै पूरा

बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन वनाउन २०७९ कात्तिक ४ [...]

By |2023-04-22T08:11:45+05:45April 22, 2023|Categories: News|

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप

सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो । गत माघ १८ गते पहिलो [...]

By |2023-04-22T08:10:39+05:45April 22, 2023|Categories: News|

उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम [...]

By |2023-04-22T08:06:40+05:45April 22, 2023|Categories: News|

मधुवाको समस्याले किसान हैरान

आँपका मज्जर नै मधुवा (आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किरा) ले डढाएर सखाप पारेपछि बगैँचा खेतीका किसान निरास बनेका छन् । आँपका बोटमा पात, हाँगा [...]

By |2023-04-22T08:05:15+05:45April 22, 2023|Categories: News|

यी हुन् गण्डकी प्रदेश सरकारको सय दिनका उपलब्धि

गण्डकी, ९ वैशाख ९रासस० ः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको नेतृत्व सम्हालेको सय दिन पूरा भएका अवसरमा सरकारले गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत पुस २५ गते गण्डकी [...]

शैक्षिक सुधारका लागि स्थानीय तह र शिक्षक सङ्गठनबीच सहकार्य

तीन शिक्षक सङ्गठन नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र संस्थागत विद्यालय शिक्षक युनियनले शैक्षिक रूपान्तरण र दिगो विकास लक्ष्य नं ४ प्राप्तिका लागि स्थानीय तहसँग सहकार्य बढाउने भएका [...]

By |2023-04-21T22:30:01+05:45April 21, 2023|Categories: News|

काठमाडौँको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो । [...]

By |2023-04-21T22:28:32+05:45April 21, 2023|Categories: News|

शनिबार इदुलफित्र

ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ भोलि हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान [...]

By |2023-04-21T22:27:37+05:45April 21, 2023|Categories: News|

महँगो हवाई भाडाबारे इपिएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन [...]

By |2023-04-21T22:26:43+05:45April 21, 2023|Categories: News|

उपनिर्वाचनको व्यवस्थापन चुस्त बनाउन निर्देशन

यही वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन निर्वाचन [...]

By |2023-04-21T22:25:19+05:45April 21, 2023|Categories: News|

कर्णाली प्रदेश कांग्रेसको प्रमुख सचेतकमा विष्ट

नेपाली कांग्रेस कर्णाली प्रदेशसभाको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन हुनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो । प्रदेश सरकारका पूर्वमुख्यमन्त्री [...]

By |2023-04-21T22:24:20+05:45April 21, 2023|Categories: News|

कतार प्रहरीमा जागिर लगाउने प्रलोभनमा ६३ लाख ठगी

वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको रु ६३ लाख ठगी गरेका छन् । उनीहरुबाट रु ६३ लाख ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई [...]

By |2023-04-21T22:23:31+05:45April 21, 2023|Categories: News|

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं [...]

By |2023-04-21T22:22:37+05:45April 21, 2023|Categories: News|

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उहाँको [...]

By |2023-04-21T22:21:43+05:45April 21, 2023|Categories: News|

पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटर चालकको मृत्युु भएको छ । गुल्मीबाट आज बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु [...]

By |2023-04-21T22:20:36+05:45April 21, 2023|Categories: News|

उपनिर्वाचनको अनुगमन गर्दै मानवअधिकार आयोग

यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुनलागेको उपनिर्वाचनमा हुनसक्ने मानवअधिकार उल्लङ्घनका घटनाको विषयमा अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा आएको टोलीले [...]

By |2023-04-21T22:19:46+05:45April 21, 2023|Categories: News|

युवकको हत्या गर्ने दुई पक्राउ

युवकको हत्या गरी फरार रहेका दम्पतीलाई बारा प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने वर्ष २४ का रामु भनिने कैलास महतो र रोसनी भनिने २० [...]

By |2023-04-21T22:18:37+05:45April 21, 2023|Categories: News|

बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, [...]

By |2023-04-21T22:17:48+05:45April 21, 2023|Categories: News|

हुरीले प्रभावित उडान पुनःसञ्चालनमा

हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । अपराह्नदेखि [...]

By |2023-04-21T22:16:41+05:45April 21, 2023|Categories: News|

एडिबी कन्ट्री पोर्टफोलियो : विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी

एशियाली विकास बैंक (एडीबी)ले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी [...]

By |2023-04-21T22:15:49+05:45April 21, 2023|Categories: News|

अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घट्यो

मार्च महिनामा अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घटेको ‘नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर)’ ले जनाएको छ । घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा झरेको छ [...]

By |2023-04-21T22:14:05+05:45April 21, 2023|Categories: International, News|

सुडानमा गोली चल्दा संयुक्त राष्ट्रसङ्घका थप एक मानवीय सहायताकर्मीको मृत्यु

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले दक्षिणी सुडानमा शुक्रबार भएको भिडन्तमा एक कर्मचारीको मृत्यु भएको जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) मा कार्यरत ती मानवीय सहायताकर्मी सुडानमा शनिबार भएको द्वन्द्वपछि मारिएका [...]

By |2023-04-21T22:13:19+05:45April 21, 2023|Categories: International, News|

ज्याक माले हङकङस्थित एक विश्वविद्यालयमा प्रध्यापन गर्ने

विशाल चिनियाँ प्रविधि कम्पनी अलिबाबाका संस्थापक ज्याक मालाई हङकङको एक शीर्ष विश्वविद्यालयमा वाणिज्य संकायको मानार्थ प्राध्यापक नियुक्त गरिएको विद्यालयले शुक्रबार घोषणा गरेको छ । दुई वर्षअघि प्रविधि उद्योगमाथि सरकारले गरेको [...]

By |2023-04-21T22:11:58+05:45April 21, 2023|Categories: International, News|

ब्राजिलका राष्ट्रपति लुला पोर्चुगलमा

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक युरोप भ्रमणका लागि शुक्रबार पोर्चुगल आइपुग्नुभएको छ । ब्राजिलका राष्ट्रपतिको कार्यालयले भनेको छ, “यो भ्रमण ब्राजिलका मुख्य [...]

By |2023-04-21T22:10:15+05:45April 21, 2023|Categories: International, News|

श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झरेको दावी

श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३.६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै [...]

By |2023-04-21T22:09:21+05:45April 21, 2023|Categories: International, News|

बेलायती उपप्रधानमन्त्री राबद्वारा राजीनामा

बेलायती उपप्रधानमन्त्री डोमिनिक राबले विभिन्न सरकारी विभागमा काम गर्ने क्रममा कर्मचारीलाई धम्की दिएको भन्ने समाचार सञ्चारमाध्यममार्फत् प्रधानमन्त्री ऋषि सुनकले जानकारी पाएको एक दिनपछि शुक्रबार राजीनामा दिनुभएको छ । सरकारी कर्मचारीहरूसँग [...]

By |2023-04-21T22:08:20+05:45April 21, 2023|Categories: International, News|

टोरन्टो विमानस्थलबाट करोडौँको सुन चोरी

टोरन्टो पियर्सन अन्तरराष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् । कार्गो कन्टेनरबाट दुई करोड [...]

By |2023-04-21T22:07:30+05:45April 21, 2023|Categories: International, News|

सुडान द्वन्द्वः युद्धविरामका लागि बढ्दो बाह्य दबाब

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको [...]

By |2023-04-21T22:06:39+05:45April 21, 2023|Categories: International, News|

दक्षिण कोरियाको उत्पादक मूल्य उकालो लाग्दै

दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । उत्पादक मूल्य [...]

By |2023-04-21T22:05:29+05:45April 21, 2023|Categories: International, News|

भारत सरकार सुडानबाट आफ्ना नागरिक फिर्ता लिन तम्तयार

भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गर्नु [...]

By |2023-04-21T22:04:35+05:45April 21, 2023|Categories: International, News|

मोरक्कोको नौसेनाद्वारा ११ दिनमा ५२५ आप्रवासीको उद्धार

मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका ५५२ आप्रवासीलाई उद्धार गरेको छ । यहाँको समाचार एजेन्सी मापले बिहीबार सो तथ्याङ्क सार्वजनिक गरेको छ । महिला र नाबालिगहरू सहित [...]

By |2023-04-21T22:03:36+05:45April 21, 2023|Categories: International, News|

नेपालमा कर नतिरी फेसबुकले ६० अर्बभन्दा बढी नाफा बिदेश लैजान्छ

नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले विद्युतीय सेवा [...]

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै [...]

By |2023-04-21T18:03:04+05:45April 21, 2023|Categories: News|

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता

रुसको भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ । रुसी उपल्लो सदनको निमन्त्रणामा रुसको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र [...]

By |2023-04-21T18:01:04+05:45April 21, 2023|Categories: News|

हावाहुरीले हवाई उडान प्रभावित

हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ । अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका [...]

By |2023-04-21T17:59:51+05:45April 21, 2023|Categories: News|

तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल [...]

By |2023-04-21T17:59:03+05:45April 21, 2023|Categories: News|

दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा

अन्नपूर्ण हिमालको आधार शिविर पुगेर बुधबार नारच्याङमा फर्किनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाअध्यक्ष लोकबहादुर फगामी आफ्नै वडाको जङ्गलमा विश्वकै दुर्लभ ‘लोन्डेसी’ प्रजातिको गुराँस देखेर दङ्ग पर्नुभयो । उत्तरी म्याग्दीको अन्नपूर्ण [...]

By |2023-04-21T17:55:29+05:45April 21, 2023|Categories: News|

दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा

दाङमा बर्सेनि हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । मानवीय लापरबाहीका कारण वनमा बर्सेनि डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङको भनाइ छ । हाल पछिल्लो एक [...]

By |2023-04-21T17:54:32+05:45April 21, 2023|Categories: News|

ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिनुभएको छ । दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि [...]

By |2023-04-21T17:53:28+05:45April 21, 2023|Categories: News|

व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी

अरनिको, विपी र हेलम्बु राजमार्गमा गुड्ने मालबाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी रोक्ने चेतावनी दिएका छन् । कार्यालयले गृह मन्त्रालयले जिल्लाका [...]

By |2023-04-21T17:52:17+05:45April 21, 2023|Categories: News|

बगर खेतीबाट आत्मनिर्भर बन्दै किसान

कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । त्यही खेतीबाट उनीहरु लखपति पनि [...]

By |2023-04-21T17:50:58+05:45April 21, 2023|Categories: News|

दुर्घटनामा शिक्षकको मृत्यु

स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी [...]

By |2023-04-21T17:48:40+05:45April 21, 2023|Categories: News|

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भन्नुभयो, “यस बीचमा सर्वोच्च अदालतको [...]

By |2023-04-21T17:46:28+05:45April 21, 2023|Categories: News|

राजविराजमा कैदीको मृत्यु, छानबिन हुँदै

राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका [...]

By |2023-04-21T17:45:32+05:45April 21, 2023|Categories: News|

ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे

पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । कूल १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो । चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्षनै भइसकेको थियो भने [...]

By |2023-04-21T17:43:32+05:45April 21, 2023|Categories: News|

आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान

ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना [...]

By |2023-04-21T17:42:32+05:45April 21, 2023|Categories: News|

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण [...]

By |2023-04-21T17:41:39+05:45April 21, 2023|Categories: News|

उपनिर्वाचन : सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे

यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका एक [...]

By |2023-04-21T17:40:29+05:45April 21, 2023|Categories: News|
Go to Top