कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

This author has not yet filled in any details.
So far हेमन्त खबर संवाददाता has created 1538 blog entries.

दक्षिण एशियाली क्षेत्रका पत्रकारिताका चुनौतीबारे सम्मेलन

०५ जेठ, काठमाडाैं । दक्षिण एशियाली मुलुकबीच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ । सम्मेलनको मुख्य विषयवस्तु ‘समसामयिक परिदृष्यमा [...]

By |2023-05-19T15:05:36+05:45May 19, 2023|Categories: News|

रोशीका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित

०५ जेठ, काभ्रेपलाञ्चाेक । रोशी गाउँपालिकाले ज्येष्ठ नागरिको निःशुल्क स्वास्थ्य बीमा अभियान सञ्चालन गरेपछि यहाँका नागरिकको स्वास्थ्य बीमातर्फ आकर्षण बढेको छ । उक्त गाउँपालिकाले यसै आर्थिक वर्षमा ६० वर्षभन्दा माथिका [...]

By |2023-05-19T15:04:50+05:45May 19, 2023|Categories: News|

धवलागिरिको चुचुरोतर्फ लागे आरोही

०२ जेठ, म्याग्दी । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ [...]

By |2023-05-16T16:30:31+05:45May 16, 2023|Categories: News|

आन्दोलनले मालपोतको कामकाज प्रभावित

०२ जेठ, बारा । बारामा लेखापढी कानुन व्यवसायीले भू–सेवा सञ्चालनको म्याद बढाउन माग गर्दै जारी राखेको आन्दोलनका कारण मालपोत कार्यालयका कामकाज प्रभावित भएका छन् । लेखापढी कानुन व्यवसायीले ‘पेन डाउन’ [...]

By |2023-05-16T16:29:41+05:45May 16, 2023|Categories: News|

विपदबाट जोगिन स्थानीयवासीले बनाए राहत कोष

०२ जेठ, कैलाली । कैलालीको जानकी गाउँपालिका हरेक वर्ष बाढीको जोखिममा पर्दछ । बाढीको जोखिमबाट जोगिन जानकी–४ गिधरपुरका स्थानीयवासीले आपत्कालीन राहत कोष स्थापना गरेका छन् । गिधरपुरका स्थानीयवासीले समूह बनाएर [...]

By |2023-05-16T16:28:29+05:45May 16, 2023|Categories: News|

सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग आग्रह

०२ जेठ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन केन्द्र सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार बसेको कामपाको १५औँ कार्यपालिका [...]

By |2023-05-16T16:27:27+05:45May 16, 2023|Categories: News|

शरणार्थी प्रकरण – सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

०२ जेठ, काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताउनुभएको छ । राज्यव्यवस्था [...]

By |2023-05-16T16:26:27+05:45May 16, 2023|Categories: News|

चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ

०२ जेठ, जनकपुर । चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ । ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन् । [...]

By |2023-05-16T16:25:14+05:45May 16, 2023|Categories: News|

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’

०२ जेठ, काठमाडाैं । चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार [...]

By |2023-05-16T16:23:40+05:45May 16, 2023|Categories: News|

हानद्वारा मौद्रिक नीतिको समीक्षाको स्वागत

०२ जेठ, काठमाडाैं । होटल सङ्घ नेपाल (हान)ले मौद्रिक नीतिको समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्र सम्बोधन गर्ने प्रयास स्वागतयोग्य भएको बताएको छ । होटल क्षेत्रलाई राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म [...]

By |2023-05-16T16:22:30+05:45May 16, 2023|Categories: News|

झापामा ३६ जातका रैथाने धान

०२ जेठ, झापा । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ । झापाको [...]

By |2023-05-16T16:21:51+05:45May 16, 2023|Categories: News|

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

०२ जेठ, काठमाडाैं । एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्र ‘विजनेश’ पाउन सकेको छैन । विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त [...]

By |2023-05-16T16:20:17+05:45May 16, 2023|Categories: News|

आलेख : प्रोत्साहनसँगै उत्पादन र उत्पादकत्व वृद्धि

०२ जेठ, गण्डकी । कास्कीस्थित जिल्ला सहकारी सङ्घ यतिखेर उत्पादनको सहज बजारीकरणका माध्यमबाट किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै उत्पादकत्व वृद्धिमा लागेको छ । पोखरा महानगरपालिका–७ शहीदचोकमा २०२६ सालमा कास्कीका सहकारी संस्थालाई [...]

By |2023-05-16T16:19:05+05:45May 16, 2023|Categories: News|

एक हप्तामा तीन दुर्घटना, चारजनाले ज्यान गुमाए

०२ जेठ, राेल्पा । रोल्पामा एक हप्तामा तीनवटा दुर्घटनामा परी चारजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजना तथा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो [...]

By |2023-05-16T16:17:16+05:45May 16, 2023|Categories: News|

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयाे, निष्पक्ष अनुसन्धान होस् : कांग्रेस

०२ जेठ, काठमाडाैं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ । साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दाेष व्यक्तिलाई जबर्जस्ती [...]

By |2023-05-16T16:16:06+05:45May 16, 2023|Categories: News|

काभ्रेपलाञ्चोकबाट राष्ट्रिय कोटिहोम रथयात्रा

०२ जेठ, काभ्रेपलाञ्चाेक । काभ्रेपलाञ्चोकबाट राष्ट्रिय कोटिहोम रथयात्रा सुरु गरिएको छ । ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा [...]

By |2023-05-16T16:15:26+05:45May 16, 2023|Categories: News|

नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान

०२ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले आज अपराह्न २ः३० बजे सिंहदरबारमा बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीले सदनमा पेस गर्न [...]

By |2023-05-16T16:14:35+05:45May 16, 2023|Categories: News|

काम बढी भएको मन्त्रालयमा बजेट कम भयो : मन्त्री आचार्य

०२ जेठ, काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गर्नुभएको छ । महिला तथा सामाजिक मामिला समितिको आज [...]

By |2023-05-16T16:13:28+05:45May 16, 2023|Categories: News|

सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण

०२ जेठ, सिन्धुली । सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ । जिल्लामा नौ स्थानीय तहमध्ये [...]

By |2023-05-16T16:12:52+05:45May 16, 2023|Categories: News|

अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल

०२ जेठ, काठमाडाैं । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी [...]

By |2023-05-16T16:11:52+05:45May 16, 2023|Categories: News|

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

०१ जेठ, काठमाडाैं । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा [...]

By |2023-05-15T12:28:48+05:45May 15, 2023|Categories: News|

पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण

०१ जेठ, जुम्ला । तातोपानी गाउँपालिका–१ जुम्ला तरापीमा लगाइएको करिब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ । तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट [...]

By |2023-05-15T12:28:10+05:45May 15, 2023|Categories: News|

शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपानेलाई

०१ जेठ, काठमाडाैं । साहित्य सृजनामा जुट्नुभएकी वेदकुमारी न्यौपाने (गोरखा)लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने भएको छ । लामो समयदेखि प्रशासनिक सेवामा विभिन्न जिल्लामा [...]

By |2023-05-15T12:27:02+05:45May 15, 2023|Categories: News|

बाँकेका होटेलमा छुटसहितको प्याकेज घोषणा

०१ जेठ, बाँके । बाँकेका होटेल व्यवसायीले एक महिनाका लागि पर्यटन प्रवद्र्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन् । केही महिनाअघिदेखि प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि [...]

By |2023-05-15T12:26:16+05:45May 15, 2023|Categories: News|

पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

०१ जेठ, काठमाडाैं । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो [...]

By |2023-05-15T12:25:19+05:45May 15, 2023|Categories: News|

रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

०१ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी गरेको छ । उक्त प्रकरणमा वैशाख २० गते पक्राउ [...]

By |2023-05-15T12:24:21+05:45May 15, 2023|Categories: News|

राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै

०१ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन [...]

By |2023-05-15T12:23:11+05:45May 15, 2023|Categories: News|

छात्रालाई साइकल वितरण

०१ जेठ, चितवन । भरतपुर महानगरपालिकाले एक सय २६ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रमअन्तर्गत आइतबार छ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई महानगर प्रमुख [...]

By |2023-05-15T12:22:25+05:45May 15, 2023|Categories: News|

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

०१ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा [...]

By |2023-05-15T12:21:47+05:45May 15, 2023|Categories: News|

जङ्गली कच्चापदार्थलाई आयसँग जोड्दै व्यास नगरपालिका

०१ जेठ, पाेखरा । आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त हुनुहुन्छ तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले । आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा [...]

By |2023-05-15T12:20:51+05:45May 15, 2023|Categories: News|

मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

०१ जेठ, माेरङ । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । बेलबारी–४ मा [...]

By |2023-05-15T12:20:03+05:45May 15, 2023|Categories: News|

सिर्दीमा बस दुर्घटना : २७ यात्रु घाइते

०१ जेठ, पाेखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस [...]

By |2023-05-15T12:19:18+05:45May 15, 2023|Categories: News|

कञ्चनपुरको ग्रामीण भेगमा प्रहरीको गस्ती

०१ जेठ, कञ्चनपुर । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ग्रामीण गस्तीलाई तीव्रता दिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ग्रामीण भेगमा गस्तीमार्फत प्रहरीले [...]

By |2023-05-15T12:18:31+05:45May 15, 2023|Categories: News|

‘बडिबिल्डर’ खेलाडी सम्मानित

०१ जेठ, काठमाडाैं । नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरुले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा निर्मला महर्जन ९पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय [...]

By |2023-05-15T12:17:38+05:45May 15, 2023|Categories: News|

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

०१ जेठ, नवलपरासी । नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र [...]

By |2023-05-15T12:16:30+05:45May 15, 2023|Categories: News|

गर्भजाँचबारे सचेत बन्दै

०१ जेठ, टिकापुर । टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो । टीकापुर अस्पतालमा श्रीमान्सँगै अन्तिम गर्भजाँच गर्न आउनुभएकी उहाँलाई श्रीमान्को राम्रो साथ छ । “नौ महिना भयो, अब [...]

By |2023-05-15T12:15:39+05:45May 15, 2023|Categories: News|

परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

२९ वैशाख, काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । ‘शान्ति, समृद्धि [...]

By |2023-05-12T15:30:02+05:45May 12, 2023|Categories: News|

उद्योगमा लागेको आगो नियन्त्रणमा

२९ वैशाख, माेरङ । मोरङको बूढीगङ्गा-५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ । विद्युतीय सामग्री उत्पादन उद्योगमा विद्युत् सर्ट भएर आगलागी [...]

By |2023-05-12T15:29:27+05:45May 12, 2023|Categories: News|

कर्णाली सरकारले जलवायु परिवर्तनको असर कम गर्न अभियान चलाउने

२९ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई देशव्यापी बनाउने गरी कर्णालीबाट प्रमुख मुद्दा बनाउने योजनामा प्रदेश [...]

By |2023-05-12T15:28:28+05:45May 12, 2023|Categories: News|

बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए

२९ वैशाख, पाेखरा । तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिनुभएको [...]

By |2023-05-12T15:26:20+05:45May 12, 2023|Categories: News|

लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?

२९ वैशाख, काठमाडाैं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍याे । काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ [...]

By |2023-05-12T15:25:04+05:45May 12, 2023|Categories: News|

विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ

२९ वैशाख, काठमाडाैं । नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका [...]

By |2023-05-12T15:23:58+05:45May 12, 2023|Categories: News|

प्रमुख तीन क्षेत्रले कर्जा पुनःसरचना गर्न पाउने

२९ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको [...]

By |2023-05-12T15:23:05+05:45May 12, 2023|Categories: News|

विचार : सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नयाँ लडाइँ

२९ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ वैशाखमा काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै भन्नुभएको थियो, ‘‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको [...]

By |2023-05-12T15:22:03+05:45May 12, 2023|Categories: News|

केलादीधाममा पर्यटक बढ्दै

२९ वैशाख, काठमाडाैं । कालीगण्डकी नदीको तटमा अवस्थित  केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व)लाई जोडेको यस धामले सबैलाई [...]

By |2023-05-12T15:20:30+05:45May 12, 2023|Categories: News|

सभापति देउवाद्वारा दुःख व्यक्त

२९ वैशाख, काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य, पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका [...]

By |2023-05-12T15:18:33+05:45May 12, 2023|Categories: News|

खेतबारीमा गोठेमलको प्रयोग बढ्दै

२९ वैशाख, म्याग्दी । अहिले म्याग्दीमा मकै गोड्ने, मल बोक्ने र धानको बीउ राख्ने समय छ । कृषकहरु खेतबारीमा मल बोक्ने, मकै गोड्ने र धानको बीउ राख्ने काममा व्यस्त छन् [...]

By |2023-05-12T15:17:54+05:45May 12, 2023|Categories: News|

विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ

२९ वैशाख, काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने बताउनुभएको छ । गृह मन्त्रालमया आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन [...]

By |2023-05-12T15:16:57+05:45May 12, 2023|Categories: News|

जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु

२९ वैशाख, काठमाडाैं । जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ । बिहीबार अपराह्न ३ः३० बजे लाक्सेबुङ [...]

By |2023-05-12T15:15:05+05:45May 12, 2023|Categories: News|

प्रधानमन्त्री प्रचण्डसँग सभापति लामिछानेको भेटवार्ता

२९ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको [...]

By |2023-05-12T15:13:52+05:45May 12, 2023|Categories: News|

जेठमा पाँच नेपाली चलचित्र

२९ वैशाख, काठमाडाैं । वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । [...]

By |2023-05-12T15:13:09+05:45May 12, 2023|Categories: News|

नयाँ स्टकको प्रक्रिया स्थगन

२९ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिनुभएको छ । अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा सङ्घीय संसद्मा [...]

By |2023-05-12T15:12:30+05:45May 12, 2023|Categories: News|

मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो

२९ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा [...]

By |2023-05-12T15:11:43+05:45May 12, 2023|Categories: News|

रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

२९ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ढल् (ब्द्यत् ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान [...]

By |2023-05-12T15:10:59+05:45May 12, 2023|Categories: News|

ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने

२९ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ [...]

By |2023-05-12T15:09:41+05:45May 12, 2023|Categories: News|

चितवनमा ‘चितौन कचेहेरी’

२९ वैशाख, चितवन । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ [...]

By |2023-05-12T15:08:26+05:45May 12, 2023|Categories: News|

मोटर स्पोर्टसमा २१ प्रतिस्पर्धी

२९ वैशाख, चितवन । नासा नेपाल बागमती सङ्घ तथा चितवन अटो डिलर्स एशोसिएशनको संयुक्त आयोजनामा हुन लागेको मोटरस्पोर्टसमा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आज साँझबाट सुरु हुने प्रतियोगितामा [...]

By |2023-05-12T15:07:25+05:45May 12, 2023|Categories: News|

उपभोक्ता अधिकार : वस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नुपर्ने

२९ वैशाख, टिकापुर । टीकापुरकी सुशीला श्रेष्ठले सामान किन्दा कहिल्यै मूल्य र म्याद हेर्ने गर्नुभएको छैन । उहाँसँग व्यापारीले भनेकै दरमा किन्ने र सामान किन्दा कहिलेकाही ठगिएको अनुभव छ । [...]

By |2023-05-12T15:06:29+05:45May 12, 2023|Categories: News|

दोधारा चादँनी सुक्खा बन्दरगाहः डेढ दशकपछि ‘ईआईए’ स्वीकृत

२९ वैशाख, कञ्चनपुर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । दोधारा चादँनी नगरपालिका–१, २ र ३ [...]

By |2023-05-12T15:04:17+05:45May 12, 2023|Categories: News|

कृषकलाई अनुदानमा कृषि सामग्री

२९ वैशाख, रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध [...]

By |2023-05-12T15:03:16+05:45May 12, 2023|Categories: News|

वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

२९ वैशाख,  काठमाडाैं । मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ । लगानी बोर्डको कार्यालय [...]

By |2023-05-12T15:02:36+05:45May 12, 2023|Categories: News|

बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै

२९ वैशाख, बुटवल । सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा [...]

By |2023-05-12T15:01:06+05:45May 12, 2023|Categories: News|

आलेख : पारवहन मार्ग सञ्चालनका २५ वर्ष

२९ वैशाख, झापा । नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा [...]

By |2023-05-12T15:00:08+05:45May 12, 2023|Categories: News|

स्थानीय पाठ्यक्रमः संस्कृति जोगाउने माध्यम

२९ वैशाख, काठमाडाैं । आधारभूत तहमा पठन पाठन हुने स्थानीय पाठ्यक्रम संस्कृति जोगाउने माध्यम बनेको छ । स्थानीय तह र जिल्लाका पर्यटन, संस्कृति, रीतिरिवाज र महत्वपूर्ण विषयका बारेमा समेटिएका पाठ्यक्रमले [...]

By |2023-05-12T14:57:46+05:45May 12, 2023|Categories: News|

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

२९ वैशाख, झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको [...]

By |2023-05-12T14:56:35+05:45May 12, 2023|Categories: News|

प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण

२९ वैशाख, पाेखरा । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो । नयाँ संरचनास्वरुप सहितको मन्दिर र [...]

By |2023-05-12T14:55:44+05:45May 12, 2023|Categories: News|

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छः ः अध्यक्ष यादव

२९ वैशाख, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको [...]

By |2023-05-12T14:54:03+05:45May 12, 2023|Categories: News|

म्याग्दीका फलफूल र मकैमा रोग किराको प्रकोप

२४ वैशाख, म्याग्दी । म्याग्दीमा लगाइएको खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोरेका किसान मकै बालीमा फौजी [...]

By |2023-05-07T16:12:33+05:45May 7, 2023|Categories: News|

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ

२४ वैशाख, काठमाडाैं । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई [...]

By |2023-05-07T16:11:37+05:45May 7, 2023|Categories: News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

२४ वैशाख, काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ [...]

By |2023-05-07T16:10:55+05:45May 7, 2023|Categories: News|

सुशासनलाई थप बलियो बनाउन मन्त्रालयले काम गरिरहेको छ : गृहसचिव

२४ वैशाख, काठमाडाैं । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी [...]

By |2023-05-07T16:10:17+05:45May 7, 2023|Categories: News|

म्याग्दीमा पशु पूर्ण खोप कार्यक्रम

२४ वैशाख, म्याग्दी । म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले [...]

By |2023-05-07T16:09:37+05:45May 7, 2023|Categories: News|

अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी

२४ वैशाख, काठमाडाैं । प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा उहाँले अर्थतन्त्र [...]

By |2023-05-07T16:08:58+05:45May 7, 2023|Categories: News|

गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन

२४ वैशाख, गुल्मी । एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल [...]

By |2023-05-07T16:08:24+05:45May 7, 2023|Categories: News|

गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री

२४ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको बताउनुभएको छ । आज यहाँ आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार [...]

By |2023-05-07T16:07:44+05:45May 7, 2023|Categories: News|

‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि पिटर र तारा मिराण्डालाई

२४ वैशाख। कास्की । विश्वकै कठिनमध्येमा मानिने ‘हिमालयन एक्स्ट्राई वल्र्ड टुरएक्सट्रिम ट्रायथलन’को उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाका तारा मिरण्डा पार्सोन्सले जित्नुभएको छ । शनिबार बिहान ४ [...]

By |2023-05-07T16:06:59+05:45May 7, 2023|Categories: News|

दण्डहीनताविरुद्ध शान्ति समाजले देशव्यापी अभियान चलाउने

१७ वैशाख, काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले छ सुत्रीय धारणासहित कुशासन र दण्डहीनताविरुद्ध २०८० जेठ १ गतेदेखि देशव्यापी रुपमा तेस्रो चरणको अभियान प्रारम्भ गर्ने भएको छ । विसं [...]

By |2023-04-30T14:19:56+05:45April 30, 2023|Categories: News|

पहिरोले अरुण नदी थुनियो

१७ वैशाख, सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो [...]

By |2023-04-30T14:19:18+05:45April 30, 2023|Categories: News|

टेलिकमको सूचना प्रविधि दिवस अफर

१७ वैशाख, काठमाडाैं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा [...]

By |2023-04-30T14:18:40+05:45April 30, 2023|Categories: News|

दोगडाकेदारमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

१७ वैशाख, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । दोगडाकेदारको सिल्लेगडामा रहेको सिल्लेगडास्थित नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो । [...]

By |2023-04-30T14:17:55+05:45April 30, 2023|Categories: News|
Go to Top