सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ [...]
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ [...]
गुगुल्डी वाङ्मय प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा चार श्रष्टा सम्मानित भएका छन् । गुगुल्डी वाङ्मय प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा साहित्यकार कृष्ण पेलालाई गुगुल्डी न्वाकी मानपान, डा नारायणी भट्टलाई ग्वाल्लेक गौरव लछुमणि [...]
काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नौ हजार छ सय ८३ सवारी साधन दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार [...]
चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको हो । [...]
पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने [...]
दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान [...]
कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तीय प्रगति ४६ प्रतिशत [...]
इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कनु हुनेभएको छ । केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ [...]
ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको [...]
उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गर्नुभएको छ । यसले उहाँलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको [...]
सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रूपैयाँ (भारू)मा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ [...]
नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । “आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने [...]
अस्पतालसम्म आउन नसक्ने बिरामीलाई गाउँघरमै गएर स्वास्थ्य सेवा दिने उद्देश्यले भक्तपुर अस्पतालले ‘घरदैलो स्वास्थ्य अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी साउनदेखि जिल्लाका चार वटा नगरपालिकासँग समन्वय गरी स्वास्थ्य [...]
सरकारले नेपालको राजनीतिक÷सैद्धान्तिक, नेपाली समाजको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान एवं लेखनमार्फत योगदान पु¥याउने तीन विशिष्ट व्यक्तित्वलाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ प्रदान गरेको छ । संस्कृति, पर्यटन [...]
चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति [...]
नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा [...]
नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा [...]
देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । महालेखाको यही असार १० गते जारी [...]
चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब [...]
अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनले आफ्नो बेइजिङ भ्रमण दुई देशबीच जारी तनाब सुधारका लागि कुनै प्रगति वा सम्झौताको घोषणा नगरी सम्पन्न गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । दुई दिनसम्म [...]
पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई [...]
काठमाडौँ महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याउनु इएका ढुङ्गा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ । महानगरपालिका–२५ ले ढुङ्गाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न [...]
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय [...]
चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ [...]
आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव [...]
उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ । [...]
दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् । मृत्यु हुनेमा एक शिक्षक, [...]
पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ [...]
महोत्तरी जिल्लामा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न [...]
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ । यसका कारण हाल [...]
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये [...]
प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।आर्थिक वर्ष २०७८÷०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ [...]
भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ [...]
कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका [...]
केही दिन यता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ । कार्यालयले बिहीबारदेखि निःशुल्करुपमा बिरुवा वितरण गर्न सुरु गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड बढेको हो । बिहीबार, [...]
जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो [...]
गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको [...]
स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार [...]
वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९÷८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । कालिका नगरपालिका–१ [...]
उत्तरी रसुवाको भू–भागमा समेत डेङ्गुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीलाई अस्पतालको [...]
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि विसं २०७७ [...]
दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको [...]
नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताउनुभएको छ । आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको [...]
चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल [...]
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ [...]
सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा [...]
मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक [...]
तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त [...]
काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गरी [...]
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्याउने बताउनुभयो । उहाँले न्यायपरिषद्को [...]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानेपानी ट्याङ्की निर्माणका लागि प्राप्त भएको मुख्यमन्त्री स्वरोजगार [...]
बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले [...]
डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलाबाहेक सुदूरपश्चिमका छ जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार [...]
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव [...]
नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट [...]
खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो । सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी [...]
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्कतर्फ प्रस्थान गरेको छ । संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि [...]
चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो । पश्चिम चितवनको मेघौली [...]
सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने [...]
चितवनका दुग्ध किसानले प्रदेश सरकारबाट पाउँदै गरेको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् । बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय [...]
हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षात्का कारण विभिन्न क्षेत्रमा ठूलो [...]
संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ । खार्तूमको भगिनी शहर ओमदुरमानमा [...]
पाकिस्तानी प्रधानमन्त्री र स्वीस विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले स्वीस सङ्घीय काउन्सिलर एवम् विदेशमन्त्री इग्नाजियो क्यासिससँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ [...]
सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा [...]
हिमाचल प्रदेशको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मसलधारे वर्षाका बीच आइतबार बिहान शिमलाको कोटगढ [...]
जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो । निरन्तरको वर्षासँगै [...]
काठमाडौँको जमलस्थित नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को एघारौँ संस्करण सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘बुकलेट’ विमोचन गर्दै सुरू गर्नुभएको महोत्सव यही असार २५ गतेसम्म [...]
चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म [...]
असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन [...]
नेपालगञ्जकी ४३ वर्षीया बिन्दु चर्तीमगर बाँकेको एक सफल पुष्प व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँको आफ्नै पुष्प व्यवसाय छ । नेपालगञ्जको चर्को गर्मीमा विगत आठ वर्षदेखि फ्रेस फ्लावरको व्यापार गर्ने उहाँ [...]
नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको उच्च [...]
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार [...]
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन [...]
टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र [...]
बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ [...]
शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर कृष्णपुर नगरपालिकाका प्रमुख हेमरा ओझा ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थाल्नुभएको छ । चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका [...]
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका [...]
डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, [...]
सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु [...]
चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको [...]