गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताउनुभयो । सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको बताउँदै उहाँले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिनुभयो । गण्डकीमा सञ्चार विधेयक ल्याउनका लागि तयारी भए पनि यस कार्यकालमा सम्भव हुन नसकेको बताउँदै उहाँले उक्त विधेयकलाई प्रेसमैत्री बनाउने कुरामा आफू निरन्तर लागिरहेको जानकारी दिनुभयो । विकाससँग पत्रकारलाई जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पछिल्ला समयमा यो सोच विस्तार हुँदै गएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासङ्घ निरन्तररुपमा स्वतन्त्र प्रेसका पक्षमा सङ्घर्ष गरिरहेको बताउनुभयो । महासङ्घका आगामी दिनमा हुने साधारणसभामा परम्परागत शैलीलाई परिमार्जन गर्दै यस क्षेत्रको सुधारका पक्षमा छलफल तथा अन्तक्र्रिया हुने किसिमले अघि बढाउनुपर्ने उहाँ