शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उहाँले बताउनुभयो । “बिहान साँभmको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो, “मैले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने गरेको छु” । उहाँ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ढाका बुन्नमा व्यस्त हुनुहुन्छ । ढाका बुनेर एक महिनामा रु २० हजारसम्मको कमाइ हुने गरेको उहाँले बताउनुभयो । जीवन जीउन पहिलेदेखि धेरै सङ्घर्ष गर्नुभएकी उहाँ आफू मात्रै स्वरोजगार नभई गरिव, विपन्न, कामको खोजीमा रहेका अन्य महिलालाई पनि ढाका बुन्न सिकाउँदै स्वरोजगार बन्न प्रेरणा दिने गर्नुहुन्छ । घामपानी खेप्नु नपर्ने उद्योगभित्र बसेर हातले बुनेर जीविकोपार्जन गर्न पाइने यो व्यावसाय महिलालाई धेरै सहज भएको उहाँ बताउनुहुन्छ ।