काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम भुसाल अधिकारीले कार्यस्थलमा हुने यौनजन्य हिंसाका विषयमा ¬¬¬कार्यालय प्रमुखहरूको बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आज सम्पन्न, कार्यस्थलमा हुने यौनहिंसाका सम्बन्धमा मुद्दा पहिचान तथा उठान गर्न विभिन्न सरोकारवालाहरूसँगको समन्वयात्मक बैठकमा उहाँले लैङ्गिक र यौन हिंसाबारे सबै कर्मचारीलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो । “हरेक कार्यालय प्रमुखहरूलाई कार्यालयस्थलमा हुने यस्ता हिंसाबारे जानकारीमूलक प्रस्तुति दिन सके उहाँहरूले आफू मातहतका कर्मचारीमा समेत यो जानकारी बाँड्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “सचेतना वृद्धिका लागि उच्च अधिकारी, कार्यालय प्रमुखदेखि मन्त्रालयका प्रमुखसम्म पु¥याउनका लागि अनुरोध गर्नेछु र जिल्लाभित्रका विषयमा म आफूले नै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” उहाँले लैङ्गिक र यौन हिंसा भनेको के हो र पीडितले हिंसा महसुस भएपछि के गर्नुपर्छ र कहाँ कसरी उजुरी गर्ने भन्ने स्पष्ट जानकारी वा सचेतना वृद्धिका लागि आफू लागिपर्ने बताउनुभयो ।