७९ मंसिर १८ काठमाडौ ।

सम्पादकीय; नारायण क्रान्ति नेपालमा सामाजिक संजाल अनलाइनमा बिज्ञापन गर्न अथवा आफ्नो पेशा ब्यबसाय प्रचार गर्न बिज्ञापन गर्न अथवा ब्यक्तिगत रुपमा भाईरल हुन डलर क्रेडिट कार्ड प्रयोग गरेर बुस्ट गर्ने प्रचलन दिनप्रतिदिन बढ्दो देखिन्छ । यसरी बुस्ट गर्दा के कति मात्रामा नेपालमा संचिती डलर बाहिरिएको छ एकिन सूचना नेपाल सरकार सग छैन होला। बुस्ट गर्दा नेपालमा संचिति डलर करोडौं मात्रामा बहिएको हुन सक्छ। बुस्ट गर्ने क्रियाकलाप अनउत्पादन चिज हो। बैंकहरूले कमाउनको लागि क्रेडिट कार्ड डलर मा सजिलै दिने गरेको छ। डलर बाहिरिदा देशको अर्थतन्त्र कमजोर हुने गर्दछ। बुस्ट बाट नेपाललाई कति फाईदा भयो र नेपाल लाई कति घाटा भैईरहेको छ सरकारले अध्यन अनुसन्धान खोज गर्नुपर्ने देखिन्छ।