२०७९ मंसिर १३ काठमाडौ ।

सेयर बजार लाई प्रत्यक्ष असर पुर्याउने गरि नीति नियम बनाउने र लगानीकर्तालाई अत्याउने आतंङ्कित पार्ने देश नेपाल बाहेक बिश्वमा कमै देश होलान्।

एकातिर पुजिबजारका लगानीकर्तालाई प्रत्यक्ष रुपले अत्याउने र  आतंङकित पार्ने खालका नीति नियम बनाउने अर्को तिर तिनै लगानीकर्ता बाट अर्वौ ट्याक्स लिने नेपाल सरकार हो भन्छन् पुजिबजारका भुक्तभोगी सेयर  लगानीकर्ताहरू। लगानीकर्तालाई अत्याउने आतंङ्कित पार्ने खालका नीति नियम बनाउनेमा पुजिबजारको प्रमुख निमायक निकाय मानिएको नेपाल राष्ट्र बैंकको ४/१२ को नीति लाई उदाहरणको रुपमा हेर्न सकिन्छ। आज नेप्से २.९९ अकंले बड्यो । ९५ करोड माथिको सेयर कारोबार भएर १९५३.३५ बिन्दुमा पुगेर बजार बन्द भएको छ।