साउन १४ नेपाल।
सुनसरी लगायतका जिल्लामा भएको घटनाका बारेमा धर्म र समुदायबीचको सुसम्बन्धमा खलल पार्ने तथा हिंसा र त्रासलाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण/प्रकाशन नगर्न प्रेस काउन्सिल नेपालले दिएको निर्देशनलाई अधिकांश मिडियाले पालना गरेका छन्।
प्रेस काउन्सिलले २०८३ साउन १४ गते सार्वजनिक गरेको प्रगति विवरणअनुसार १ वटा मिडियाका १४ वटा सामग्रीमध्ये १० वटालाई टेलिफोनबाटै हटाउन निर्देशन दिइएको थियो। जसमध्ये १० वटा मिडियाले निर्देशन पालना गरी सामग्री हटाएका छन्।
कारबाहीको विवरण:
१. २०८३ साउन १४ को प्रगति
• ११ वटा मिडियाका १४ सामग्री: १० वटाले निर्देशन मानेर हटाए
• निर्देशन नमान्ने: HTPKHABAR
• २ वटा दर्ता नभएका सामाजिक सञ्जालका ७ सामग्री: साइबर ब्युरोमा पत्राचार गरिएको
२. साउन १३ को निर्देशनपछिको प्रगति
• बाँकी ७ सामग्रीमध्ये: ५ वटा मिडिया र १ वटा दर्ता नभएको सामाजिक सञ्जालले निर्देशन पालना गरे
• निर्देशन पालना भएको भनी मेसेज पठाए तर नहटाएको: Onlinepatrika – फेरि सचेत गराइएको
• २ वटा दर्ता नभएका सामाजिक सञ्जालका ७ सामग्री: nepaltrantra ले हटाउन नमानेकोले मौखिक निर्देशन दिइएको
प्रेस काउन्सिलले सुनसरीको घटनालाई लिएर धर्म, सम्प्रदायबीचको सुसम्बन्धमा खल पार्ने र हिंसा, त्रासलाई प्रश्रय पुग्ने किसिमका सामग्रीप्रति स्वअनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
काउन्सिलको मुख्यालय सञ्चारग्राम, तिलगङ्गा, काठमाडौंमा रहेको छ।

